धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले हत्यामा संलग्न भएको आशंकामा तीन भारतीय र दुई जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।
धनुषा– भारतको सीतामणि आफन्तकहाँ पुगेका धनुषाका दुई युवाको अपहरणपछि हत्या भएको छ। करिब १३ दिनदेखि परिवारसँग सम्पर्कविहीन रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का विष्णु साहको अपहरणपछि हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक दुवै एकै परिवारका हुन्।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार रोहितले विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए। पुस २७ गते भारत गएका उनीहरू २९ गतेपछि सम्पर्कविहीन रहेका थिए।
मृतकका आफन्तहरूका अनुसार गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेका थिए। शुरूमा १० लाख मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर सुनाउने गरेका थिए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विष्णुका हजुरबुवा रामकिशोर साहले अपहरणकारीले मागेको १० लाख दिन राजी भएपछि अपहरणकारीले रकम बढाएर ५० लाखको माग गरेको बताए। उनले आफूहरू र अपहरणकारीबीच २० लाखको सहमति भएपछि उनीहरूले सर्लाहीको मलंगवा नाकामा बोलाएको बताए।
"पहिला १० लाख मागेका अपहरणकारीले पछि ५० लाख मागे। घरमा त्यति धेरै पैसा छैन भनेपछि २० लाख तिमीहरूले दिनुपर्छ भने। त्यति पैसा दिन्छौँ भनेपछि मलंगवा लिएर आउनु भने", उनले भने। विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो।
शव अहिले भारतको बेला परिहारस्थित प्रहरी चौकीमा राखिएको छ। शवको भारतमा परीक्षण भएपछि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। घटनास्थल पुगेका मृतकका परिवारजनले शवको सनाखत गरेको र नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
धनुषा प्रहरी प्रवक्ता क्षेत्रीले भारतमा भेटिएका शवको भारतमा परीक्षण भएपछि नेपाल ल्याइने बताए। उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। सोही क्रममा नेपालतर्फ दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए। त्यस्तै, सोही घटनामा तीन जना भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको खबर प्राप्त भएको उनले बताए।
"आशंकामा दुई जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेका छौँ। भारततर्फ पनि तीन जना पक्राउ परेको खबर आएको छ", उनले भने, "कुनै रिसइबीले भन्दा पनि फिरौतीमा कुरा नमिल्दा र पोल खुल्ने डरले हत्या भएजस्तो देखिन्छ। घटनाको अनुसन्धान भइरहेको छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
