सीआईबीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ।
काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई जना खेलाडीलाई पक्राउ गरेको छ।
सीआईबीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वखेलाडी महबुब आलमलाई पक्राउ गरेको हो।
सोमबार बिहान उनीहरूलाई स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पुष्टि गरे। नेपाल टी–२० क्रिकेट प्रतियोगितामा फिक्सिङ भएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।
सीआईबीले उक्त प्रतियोगितामा सट्टेबाजी र मिलेमतो भएको भन्दै अनुसन्धान अघि बढाएको थियो। गृह मन्त्रालयको आदेशमा पुस २१ देखि सीआईबीले स्पट फिक्सिङबारे अनुसन्धान थालेको थियो।
आलमले सन् २००४ मा शरजाँहमा भएको आईसीसी इन्टरकन्टिनेन्टल कपअन्तर्गत युएईविरुद्धको फस्ट क्लास खेलमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए।
उनले ७ इनिङ्समा ९८ रन बनाएका थिए भने ४ खेलमा १२ विकेट लिएका थिए। लिस्ट ए को ३ इनिङ्समा उनले २० र टी२० को ६ इनिङ्समा ३४ रन बनाएका थिए।
यस्तै, बलिङतर्फ लिस्ट ए को २ इनिङ्समा ४ र टी २० को ४ इनिङ्समा १ विकेट लिएका थिए। सन् २००८ को आईसीसी वर्ड क्रिकेट डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको एक दिवसीय खेलमा उनले १० विकेट लिँदै कीर्तिमान बनाएका थिए। उनले अन्तिमपटक राष्ट्रिय टोलीका लागि सन् २०१७ मा कीर्तिपुरमा आयोजना भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्यामपियन्सिपमा केन्याविरुद्ध खेलेका थिए।
यता आदिलले भने सन् २०२२ मा अमेरिकामा आयोजना भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोलीविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
उनले ब्याटिङतर्फ एक दिवसीयमा ५ इनिङ्स खेल्दा ७०, टी२० आईमा ११०, लिस्ट ए मा ७२ र टी २० खेलमा १८७ रन बनाएका छन्। बलिङतर्फ एक दिवसीयमा ६ इनिङ्स खेल्दा ६ विकेट, टी-२० आईमा ५, लिस्ट ए मा ६ र टी-२० मा ५ विकेट लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
