सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– पश्चिमी निम्नचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्य बदली भएको छ।
दिउँसो केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाले जनाएको छ।
देशका पश्चिमी भागमा राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। अन्य भागको मौसम भने सामान्यतया सफा रहने छ। वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
