राखेपले नेपाल टी-२० का क्रममा भारतीय साझेदार कम्पनी सेभन थ्री स्पोर्टस्सँग क्यानले गरेको सम्झौता गैरकानूनी भएको बताएको छ।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल टी-२० प्रतियोगिताका क्रममा साझेदार भारतीय कम्पनी सेभन थ्री स्पोर्टस्सँग गरेको सम्झौता गैरकानूनी देखिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले क्यानले सेभन थ्रीसँग गरेको सम्झौता गैरकानूनी भएको निष्कर्षसहित सदस्य सचिव टंकलाल घिसिङलाई बुधबार प्रतिवेदन बुझाएको हो।
"नेपाल क्रिकेट संघका सरोकार पक्षहरूबाट नेपाल टी-२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर छ", प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया नपुर्याई गरिएको सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको पनि उल्लेख छ। क्यानको आयोजनामा पुस ९ देखि २७ गतेसम्म आयोजना भएको नेपाल टी-२० लिग चरणअन्तर्गत काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल हुनुअघि पारिश्रमिक नपाएको भन्दै खेलाडी मैदान उत्रिन अस्वीकार गरेपछि राखेपले चासो देखाएको थियो।
त्यसपछि राखेपले नेपाल टी-२० लिग सञ्चालनका क्रममा संघबाट भएका कमीकमजोरीका विषयमा छानबिन गर्न भन्दै पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
राखेपले सोही सन्दर्भमा सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
आइतबार नै समयसीमा सकिएपनि समितिले ढिला गरी बुधबार मात्रै प्रतिवेदन बुझाएको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
