प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सामाजिक सञ्जाललाई पनि सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आम सञ्चारमाध्यमका रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
बिहीबार काठमाडौँमा आयोजित ‘आम निर्वाचन–२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनी प्रश्नसमेत गरे।
“मलाई कसैले परिभाषा गर्न दिन्छ भने कुनै पनि सूचना सम्प्रेषण गरेर कसैलाई सुसूचित गराउने माध्यम समाचार माध्यम हुन् भने अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रूपमा स्थापित हुन खोज्दै छन्। यिनलाई कहाँ, कसले हेर्ने हो? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन?” उनले भने, “एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ।“
उनले सबै सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित हुने सामग्री स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिलसँग आग्रह गरे। त्यसो भए अनुगमन गर्न काउन्सिललाई सहज हुने उनको भनाइ थियो। उनले सफ्टवेयरलाई सञ्चालनका लागि काउन्सिलले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझावसमेत दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
