अडानी समूहको कूल सम्पत्तिमा तीन दिनमै १० प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन्। फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका गौतम अडानी एकैपटक सातौँ नम्बरमा झरेका छन्।
भारतीय अर्बपति गौतम अडानीको ४० अर्ब डलर गुमाएका छन्। अमेरिकी रिसर्च फर्म ‘हिन्डनबर्ग रिसर्च’को प्रतिवेदनअनुसार अडानीले सेयरमा ४० अर्ब डलर नोक्सानी बेहोरेका हुन्। विश्वको सबैभन्दा धनी व्यक्तिमध्ये फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका उनी एकैपटक सातौँ नम्बरमा झरेका छन्।
अडानी समूहको कूल सम्पत्तिमा केबल तीन दिनमै १० प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन्। अडानी समूहका विभिन्न कम्पनीको सेयर बजार एकाएक खस्किएको हो।
अडानी समूहका प्रमुख कम्पनीहरू अडानी पावर, अडानी ग्रिन एनर्जी, अंबुजा सिमेन्ट, एसीसी, एनडीटीभी, अडानी टोटल ग्यास, अडानी इन्टरप्राइजेजको सेयरमा पछिल्लो पाँच दिनयता भारी गिरावट आएको हो। अंबुजा सिमेन्टको सेयरमा सबैभन्दा बढी ३० प्रतिशत गिरावट आएको भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ।
सेयर बजारमा गिरावट आउँदा लगानीकर्तालाई २ लाख ७५ हजार करोड भारतीय रुपैयाँभन्दा बढीको घाटा भएको हिन्डनबर्ग रिसर्चले उल्लेख गरेको छ। हिन्डनबर्गको रिसर्च सार्वजनिक भएसँगै बुधबार अडानी ग्रुपले आफ्नो सेयरमा बुधबार ११ अर्ब डलरको घाटा भएको बताएको थियो।
अडानीको घाटाको हिसाबकिताबसँगै हिन्डनबर्गले अडानीमाथि थुप्रै आरोपसमेत लगाएको छ। प्रतिवेदनमा अडानीले लामो समयदेखि सेयर बजारमा चलखेल गरेको, भ्रष्टाचार, कर छली, अकाउन्टिङ फ्रड गरेको लगायत आरोप लगाइएको छ।
साथै, अडानीका अधिकांश कम्पनीका महत्त्वपूर्ण २२ पदहरूमध्ये ८ वटा परिवारकै सदस्य रहेको पनि प्रतिवेदनले देखाएको छ। र, उनीहरूले नै कम्पनीका वित्तीय क्षेत्रको नियन्त्रण गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
रिसर्चले विभिन्न पूर्वकार्यकारी र महत्त्वपूर्ण पदमा रहेका व्यक्तिहरूसँगको कुराकानी गरेको बताएको छ। अडानी समूह ‘एक पारिवारिक’ व्यवसाय रहेको एक पूर्वकार्यकारीले बताएको उल्लेख छ। अडानी समूहको आडमा अडानीका परिवारले मरिसस, युनाइटेड अरब इमिरेट्स, क्यारेबियन टापुलगायतमा आयात निर्यात अफसोर कारोबार गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
सो रिसर्चले हाल अडानीको सेयर बजार खस्किनुमा उसकै गतिविधिहरू कारक रहेको निष्कर्षसमेत निकालेको छ।
यता, आफूमाथिको आरोपको खण्डन गर्दै अडानी ग्रुपले यस प्रतिवेदनविरुद्ध मुद्दा दायर गर्ने चेतावनीसमेत दिएको छ। सो रिसर्चले बदनियतपूर्वक प्रतिवेदन सार्वजनिक गरेको अडानी ग्रुपको आरोप छ। तर, हिन्डनबर्ग रिसर्चले आफ्नो प्रतिवेदनमा आफू अडिग रहेको प्रतिक्रिया दिएको छ।
२१८ अर्ब डलरका मालिक अडानीको केबल १२० अर्बको सम्पत्ति रहेकोमा पछिल्ला ३ वर्षमा मात्रै उनले १०० अर्ब डलर सम्पत्ति जोडेका थिए। विशेषगरी सेयर बजारमा उनका कम्पनीको सेयरमा उछाल आएपछि उनी एकाएक विश्वकै दोस्रो धनी बनेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
