भारतमा अभ्यास उडानमा रहेका दुई सैनिक विमान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ। दुवै विमान अभ्यास उडानमा थिए।
गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। त्यसअघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो। सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
