धनकुटा महोत्सवमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका ९ जना घाइते

अत्यधिक भीडका कारण नौ जना दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। 

धनकुटा– धनकुटा महोत्सवमा कन्सर्ट हेर्न गएका नौ जनाभन्दा बढी घाइते भएका छन्।

शनिबार भएको गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका उनीहरू भीड ठेलमठेल हुँदा घाइते भएका हुन्।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

अत्यधिक भीडका कारण नौ जना दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। 

घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजका सबै कार्यक्रम स्थगन भएको छ।