सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै राति पनि सुदूरपश्चिम र कर्णालीमा पानी पर्ने महाशाखाको भनाइ छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना छ। 

अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ।