सन् २००८ मा शुरू भएको अन्तर्राष्ट्रिय करियरमा मुरलीले ६१ टेस्ट, १७ एकदिवसीय र ९ टी-२० खेलेका छन्।
काठमाडौँ– भारतीय क्रिकेट टोलीका ओपनर मुरली विजयले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। उनले सोमबार ट्वीटरमार्फत् सन्यासको घोषणा गरेका हुन्।
उनले अन्तिम पटक डिसेम्बर २०१८ मा भारतीय टोलीबाट खेलेका थिए। हालैको एक अन्तर्वार्तामा उनले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)लाई निशाना बनाएका थिए।
उक्त अन्तर्वार्तामा उनले '३० वर्षमाथिका खेलाडीलाई बीसीसीआईले ८० वर्षे खेलाडीको जस्तो व्यवहार' गर्ने गरेको आरोप लगाएका थिए। आफू विदेशमा केही क्रिकेट खेल्न चाहेको बताउँदै उनले बाटो खुल्ला गरिदिन बीसीसीआईलाई आग्रह गरेका थिए।
मुरलीले अन्तिम पटक आफ्नो घरेलु टोली तमिलनाडुबाट सन् २०१९ डिसेम्बरमा रणजी ट्रफी खेलेका थिए। भारतका लागि अन्तिम पटक सन् २०१८ पर्थ टेस्टमा खेलेका थिए। सन् २००८ मा शुरू भएको अन्तर्राष्ट्रिय करियरमा मुरलीले ६१ टेस्ट, १७ एकदिवसीय र ९ टी-२० खेले।
उनले नागपुरमा सन् २००८/०९ मा आयोजित बोर्डर गावस्कर ट्रफीको अन्तिम टेस्टमा गौतम गम्भीरलाई बेन्चमा राख्दै प्लेइङ ११ मा डेब्यू गरेका थिए। उनले सेप्टेम्बर २०२० पछि इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका छैनन्। त्यसपछि उनी व्यावसायिक क्रिकेटबाट अल्गिएका छन्।
मुरली टेस्ट क्रिकेटका ओपनर ब्याट्सम्यान थिए। सन् २०१४ मा इंग्ल्यान्ड भ्रमणमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले टेस्ट क्रिकेटमा १०५ इनिङ्समा ३८.२८ को औसतमा ३ हजार ९८२ रन बनाएका छन्। सन् २०१३ मा हैदरावादमा भएको अस्ट्रेलियाविरुद्धको खेलमा उनले १६७ रन बनाएका थिए। उनले आफ्नो टेस्ट करियरमा १२ शतक र १५ अर्धशतक बनाएका थिए।
मुरली सन् २०१३ देखि २०१८ को बीचमा पाँच वर्षको लागि भारतीय टेस्ट टोलीको प्रमुख सदस्य थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
