संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको मृत्यु सम्बन्धमा प्रहरीले मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।
काठमाडौँ– भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले सोमबार प्रहरी कार्यालयमै बोलाएर सोधपुछ गरेको छ।
केही दिनअघि संघीय संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको मृत्यु सम्बन्धमा प्रहरीले गुरुङसँग सोधपुछ गरेको हो।
आचार्यले मृत्युअघि सार्वजनिक ‘सुसाइड नोट’मा भाटभटेनीले व्यवसाय गर्दा दिएको दुःख र त्यसबाट आफूले ब्यहोर्नुपरेको तनावबारे उल्लेख गरेका थिए।
प्रहरीले सोही विषयमा गुरुङसँग प्रारम्भिक बयान लिएको जनाएको छ। “आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्ने क्रममा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग प्रारम्भिक बयान लिइएको हो”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने।
बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।
आचार्यले आफूलाई आगो लगाउनुअघि फेसबुकमा व्यवसाय गर्ने क्रममा ब्यहोर्नुपरेको सास्तीबारे लामो फेहरिस्त सार्वजनिक गरेका थिए। आचार्यकी श्रीमती नानुका अधिकारीले उनले फेसबुकमा उल्लेख गरेका विभिन्न व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका विषयमा अनुसन्धान भइरहेको एसएसपी कार्कीले जानकारी दिए। आचार्यले आफ्नो उत्पादन बिक्रीका लागि राखिदिएबापत भाटभटेनीलाई ३० प्रतिशतसम्म नाफा दिनुपर्ने तर भाटभटेनीले समयमै भुक्तानी नदिई लामो समय झुलाएर दुःख दिएको उल्लेख गरेका थिए।
आचार्यको मृत्युपछि भाटभटेनीबाट दुःख पाएका अरू व्यवसायी पनि क्रमशः खुल्नथालेका छन्।
यो पनि : साना उद्यमीलाई सास्ती, भाटभटेनी जस्ता ठूलालाई ‘मस्ती’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
