समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।
भारतले सन् २०२३/०२४ को बजेट प्रस्तुत गर्दै विभिन्न ठूला निर्णय र योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीय अर्थव्यवस्थालाई विश्वले एक चम्किलो नक्षत्रका रूपमा लिएको बताइन्।
५ खर्ब ४९ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सीतारमणले भारतीय अर्थव्यवस्था सही दिशा र स्वर्ण भविष्यतर्फ अग्रसर रहेको बताइन्। आर्थिक सुधार र खर्च कटौतीलाई ध्यानमा राख्दै नयाँ बजेट प्रस्तुत गरिएको भारतीय मिडियाको प्रतिक्रिया छ।
यसपटकको बजेटमा भारतले सातवटा लक्ष्यलाई प्राथमिकता दिएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ। समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।
नयाँ बजेटले कृषिसँग सम्बन्धित व्यवसायलाई प्राथमिकता दिएको छ। कृषि ऋण बढाएर २० लाख करोड भारतीय रुपैयाँ बनाइएको छ।
रेलमार्गका लागि २.४ लाख करोड भारतीय रुपैयाँ विनियोजन, महिला र ज्येष्ठ नागरिकका सुविधामा वृद्धि, एक वर्षसम्म सित्तैमा 'रासन स्किम'को घोषणा पनि बजेटमार्फत गरिएको छ। रासन स्किममा योजना सन् २०२३ जनवरी १ देखि पूरा एक वर्षसम्म लागू भइसकेको छ। यसका लागि २ लाख करोड भारतीय रुपैयाँ छुटाइएको छ।
वार्षिक ७ लाखसम्म कमाइ गर्नेलाई पूर्ण कर छुट गरिएको छ। यसअघि वार्षिक पाँच लाख भारतीय रुपैयाँ आम्दानी गर्नेलाई कर छुट रहँदै आएकोमा सीमा बढाएर ७ लाख पुर्याइएको हो।
यस्तै, कृषि क्षेत्रमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिइएको छ। किसान, युवाका लागि पनि आकर्षक योजना सार्वजनिक गरिएको छ।
बजेटसत्रको शुरूआतमा बुधबार भारतीय नरेन्द्र मोदीले अर्थजगत्मा मान्यता दिइने आवाज (बजेट) ले आशाको किरण लिएर आएको दाबी गरे। उनले यो बजेट समाजका हरेक वर्गलाई लाभ दिने बजेट भएको भनेका छन्।

मोदीले राष्ट्रपति द्रौपदी मुर्मूको प्रशंसा गर्दै संसद्मा उनको सम्बोधनको क्षण सम्पूर्ण नारी र आदिवासी परम्पराको सम्मानको क्षण भएको भन्दै प्रशंसा गरेका थिए।
त्यसअघि राष्ट्रपति मुर्मूले संसद्का दुवै सदनलाई सम्बोधन गरेकी थिइन्। राष्ट्रपति बनेपछि मुर्मूले दुवै सदनलाई सम्बोधन गरेको यो पहिलोपटक हो।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले बजेट प्रस्तावले भारत आगामी केही वर्षमै विश्वका प्रमुख ३ बलियो अर्थतन्त्रमा पर्ने लक्ष्य हासिल गर्न चाँडै नै पाँच ट्रिलियनको अर्थतन्त्र बनाउने योजनालाई सहयोग गर्ने बताए।
संरचना परियोजनामा लगानी गरी रोजगारीको अवसर सिर्जना गर्ने, कृषि, घर घरायसी, स्वास्थ्य र उत्पादक क्षेत्रले पनि सबैलाई थप रोजगारी र अवसर प्रदान गर्ने र आर्थिक विकास हुने रक्षामन्त्री सिंहको भनाइ छ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले के भनिन् बजेटसत्रमा?
बजेट सत्रको शुरूआत गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतमा इमान्दार सम्मान गर्ने, जनकल्याणलाई सर्वोपरि राख्ने, आधुनिकतालाई स्वागत गर्ने सरकार रहेको भन्दै भारतीय जनता पार्टी (बीजेपी)ले गरेका कामको प्रशंसा गरिन्।
बजेट प्रस्तुत हुनुअघि बुधबार राष्ट्रपति मुर्मूले विश्वव्यापी भूमिकामा आत्मविश्वासले अघि बढ्ने सरकार पाएको भन्दै बीजेपीको प्रशंसा गरिन्। सर्किजल स्ट्राइकदेखि, आतंकवादप्रति कठोर प्रहार, एलएसीदेखि एलओसीसम्म, संविधानबाट धारा ३७० को खारेज गर्नेदेखि तीन पटक तलाख भनेको भरमा सम्बन्ध विच्छेद हुने कुरा हटाएकोजस्ता थुप्रै उल्लेखनीय काम गर्दै मोदी सरकारले निडर सरकारको पहिचान दिएको उनको भनाइ थियो।
विश्वमा राजनीतिक अस्थिरता भएका सबै देश संकटग्रस्त छन् भन्दै उनले आफ्नो देशमा स्थिर सरकारका कारण धेरैले लाभ लिएको बताइन्।
लोकतन्त्र र सामाजिक न्यायको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्दै उनले भ्रष्टाचारीका लागि समाजमा कुनै सहानुभूति नरहने र यसविरुद्धको लडाइँ निरन्तर जारी रहनेमा जोड दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
