तराईमा हल्का हुस्सु, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने

राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसले पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।

अन्य स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा  आंशिक बदली हुने सम्भावना छ। यसैगरी राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने महाशाखाको भनाइ छ।

तराईमा लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।