खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कुनै पनि व्यक्तिको रगतमा चिनीको मात्रा बढ्नु खतरनाक मानिन्छ। स्वस्थ शरीरको चाहना राख्ने हरेक मानिसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु अत्यावश्यक छ।
रगतमा चिनीको मात्रा बढे मधुमेह (बोलीचालीको भाषामा चिनी रोग) को जोखिम बढ्छ। त्यसैले मधुमेहबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आवश्यक छ। मधुमेह हुनु भनेको मानिसको शरीरले खानालाई शक्तिमा बदल्ने अवस्थामा अवरोध हुनु हो। मधुमेह हुँदा हामीले खाएको खानेकुरालाई चिनी (ग्लुकोज)मा बदलेर शरीरका नसा–नसामा पुर्याउने काममा बाधा पुग्छ।
खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या दिनहुँ बढिरहेको छ। हेलचेक्र्याइँ गर्दा अवस्था गम्भीर बन्ने जोखिम उत्तिकै हुन्छ। त्यसैले सामान्य व्यक्ति र मधुमेह रोगका बिरामी सबैले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्नुपर्छ।
रगतमा चिनीको मात्रा कसरी सन्तुलनमा राख्ने?
आफ्नो दैनिक खानपानमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ। चिनी र त्यसबाट बनेका खानेकुरा खानुहुँदैन। चिनीसँगै क्यालोरी, स्याचुरेटेड फ्याट, ट्रान्स फ्याटयुक्त खानेकुरा कम गर्नुपर्छ। यी खानेकुरा स्वास्थ्यका लागि घातक हुने विभिन्न अध्ययनले देखाइसकेका छन्।
खानपानका साथै शारीरिक तन्दुरुस्ती पनि उत्तिकै महत्त्वपूर्ण छ। दैनिक व्यायाम गर्ने व्यक्तिको शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ। समयमा खाना खाने, सुर्तीजन्य पदार्थ नखाने, आफ्नो तौल सन्तुलनमा राख्ने, लामो समय भोको पेट नबस्ने र प्याक गरिएका बोतलका पेय पदार्थ खानेकुरा खानु हुँदैन। यसको साटो नरिवलको पानी, ताजा तरकारी र फलफूलको रस, कागती पानी स्वास्थ्यका लागि लाभदायक हुन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सन् १९८० मा १० करोड ८० लाख मानिसमा मधुमेहको समस्या देखिएको थियो। यो संख्या बढेर सन् २०१४ मा ४२ करोड २० लाख पुगेको थियो। मधुमेहले शरीरमा गम्भीर समस्या देखा पर्ने जोखिम हुन्छ। आँखा नदेख्ने, मिर्गौलाको समस्या, रक्तनली र नसामा समस्या, मुटु रोग, हृदयाघात र रक्तसञ्चारको अभावमा शरीरका अंग काटेर फाल्नुपर्ने स्थितिको मुख्य कारण नै मधुमेह रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
पछिल्लो समय मधुमेहका कारण मृत्यु हुनेको संख्यासमेत बढेको तथ्यांक छ। सन् २०१९ मा मात्रै मधुमेह र मिर्गौलासम्बन्धी रोगका कारण २० लाख मानिसको ज्यान गएको थियो। निम्न र मध्यम आय भएका मुलुकहरूमा मधुमेहका कारण मृत्यु हुनेको संख्या १३ प्रतिशतले बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
