प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

फाइल तस्वीर : मुस्ताङको ल्होमन्थाङ।

काठमाडौँ– पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको पहाडी भूभागमा आँशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।  

बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो हुस्सु क्रमश घट्दै जाने र घाम लाग्ने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाकोअनुमान छ। यसैबीच राति  पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।