भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। नेपालका लागि अञ्जली चन्द, प्रीति राई र अमिषा कार्कीले एक/एक गोल गरे।
काठमाडौँ– साबिकको विजेता भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशाला मंगलबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेपाल दोस्रोपटक फाइनलमा पुगेको हो। नेपालका लागि अञ्जली चन्द, प्रीति राई र अमिषा कार्कीले एक/एक गोल गरे। भारतकी अपूर्ण नर्जारीको एक गोल सान्त्वना रह्यो।
खेलको २०औँ मिनेटमा अपूर्णले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। उनले सुमती कुमारीको पासमार्फत गोल गरिन्। दोस्रो हाफमा नेपाल खेलमा फर्कियो।
४८औँ मिनेटमा भारतकी गोलरक्षक अंशिकाले बल पुत्काएपछि रिबाउन्डमा आएको बललाई अञ्जलीले जाली चुमाइन्। ६८औँ मिनेटमा कप्तान प्रीतिले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन्।
भारतीय रक्षकले सुनकलामाथि फउल गरेपछि प्रीतीले पेनाल्टीमार्फत गोल गरिन्। यस्तै, ८८औँ मिनेटमा अमिषाले अर्को गोल गरिन्। प्रीतिले दिएको पासमा अनमार्कमा रहेकी अमिषाले सजिलै गोल गर्दै नेपाललाई ३-१ को जित दिलाइन्।

जितसँगै सिंगल राउन्ड रोबिनको प्रतियोगितामा नेपालले ३ खेलबाट ५ अंक जोड्यो। भारतले समान खेलबाट ४ अंक जोडेको छ। २ खेलबाट ४ अंक जोडेको आयोजक बंगलादेशले मंगलबार नै भुटानसँग खेल्दै छ। २ खेल खेलेको भुटान अंकविहीन छ।
सन् २०१८ मा भुटानमा भएको साफ यू-१८ महिला फुटबल प्रतियोगितामा नेपाल फाइलनमा बंगलादेशसँग पराजित भएको थियो। सन् २०२१ मा बंगलादेशमा भएको यू-१९ मा नेपाल सेमिफाइनलमै रोकिएको थियो। सन् २०२२ मा भारतमा भएको यू-१८ मा सहभागी तीन देशमा नेपाल तेस्रो भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
