कस्तो छ आजको मौसम?

दिउँसो प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ। यस्तै प्रदेश १ र  गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ।

हिमपात तथा हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।