ग्यारी बने अन्तर्राष्ट्रिय क्रिकेटमा दुई देशका लागि शतक बनाउने दोस्रो ब्याट्सम्यान

ग्यारी जिम्बाब्वे जानुअघि इंग्ल्यान्डको टोलीमा थिए। उनले इंग्ल्यान्डका लागि चार शतकीय इनिङ्स खेलेका थिए।

काठमाडौँ– वेस्ट इन्डिज र जिम्बाब्वेबीचको टेस्ट सिरिजको पहिलो खेलमा ग्यारी ब्यालेन्सले शतक प्रहार गरेका छन्। जिम्बावेका लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्दै उनले अविजित १३७ रन बनाए। योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा दुई देशका लागि शतक बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन्।

दक्षिण अफ्रिकाका केपलर वेसेल्स दुवै देशका लागि शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन्। दक्षिण अफ्रिकाबाट खेल्नुअघि उनले अस्ट्रेलियाबाट पनि खेलेका थिए। ग्यारी जिम्बाब्वे जानुअघि इंग्ल्यान्डको टोलीमा थिए। उनी इंग्ल्यान्डको विश्वकप टोलीमा थिए। उनले इंग्ल्यान्डका लागि चार शतकीय इनिङ्स पनि खेलेका थिए।

वेस्ट इन्डिज र जिम्बाब्वेबीचको बुलावायोमा खेलिएको टेस्टमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ४४७ रन बनाएको थियो। जवाफमा जिम्बाब्वेले ९ विकेट गुमाउँदै ३७९ रन बनाएर पहिलो इनिङ्स अन्त्यको घोषणा गरेको थियो। वेस्ट इन्डिजले दोस्रो इनिङ्समा कुनै विकेट नगुमाई २१ रन बनाएको छ। खेल सकिन एक दिन मात्रै बाँकी छ भने दुवै टिमको एक एक इनिङ्स बाँकी छ।

हरारेमा जन्मेका ग्यारीले जिम्बाब्वेका लागि क्वीन्स स्पोर्ट्स क्लबबाट टेस्ट डेब्यू गरेका थिए। स्वदेश फर्कनुअघि उनले पछिल्लो दशकमा इंग्ल्यान्डका लागि चार शतक प्रहार गरेका थिए। उनीअघि दक्षिण अफ्रिकामा जन्मेका वेसेल्सले अस्ट्रेलियाका लागि आफ्नो देश फर्किनुअघि चार शतक र १९९० को दशकमा टेस्ट क्रिकेटमा पुनः आबद्ध हुँदा अफ्रिकाका लागि थप दुई शतक बनाएका थिए।

जिम्बावेविरुद्धको पहिलो टेस्टमा ग्यारीले टोलीलाई हारबाट बचाएका थिए। ११४ रनको स्कोरमा टोलीको तीन विकेट खसेको थियो। फलोअनबाट बच्न टिमलाई कम्तिमा २४८ रन आवश्यक थियो। यस्तो अवस्थामा टिमले १३५ रन बनाएर हार बचाएको थियो।