तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी भागकाे मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यान्नदेखि हुस्सु र कुहिरो क्रमशः घट्दै जाने र तराइको मौसममा पनि सुधार हुने महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। हिमपात तथा हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।