मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।
काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिँदै छन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावल आज विश्वासको मत नपाए पदमुक्त हुने छन्।
दिउँसो एक बजे बोलाइएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ। मंगलबारको बैठकमै विश्वासको मत लिने भनिए पनि नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौँमा रहेको र विश्वासको मत नदिने भनेपछि बैठक स्थगित भएको थियो। रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। तर विश्वासको मत पाउने नपाउने अझै टुंगो लागिसकेको छैन।
शीर्ष नेताहरूले विश्वासको मतका लागि नागरिक उन्मुक्ति पार्टीसँग संवाद गरिरहेका छन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार अल्पमतमा पर्ने देखिन्छ। नागरिक उन्मुक्तिले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग अघि सारेको छ। नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले अघि सारेको माग सम्बोधनका लागि ठोस सहमति नभएसम्म विश्वासको मत नदिने प्रष्ट पारे। “अहिलेसम्म यस विषयमा ठोस निर्णय भइसकेको छैन। अझै केही समय बाँकी छ। उहाँहरूले प्रष्ट रूपमा हाम्रो मागका विषयमा निर्णय गर्न सक्नुभयो भने विश्वासको मत दिन्छौं,” उनले भने, “नत्र हामी सरकारलाई विश्वासको मत दिँदैनौँ।”
यता यस विषयमा छलफल गर्न काठमाडौँमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ। संयन्त्रमा सत्तारुढ दलका शीर्ष नेता सहभागी छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका रावलले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। आज उनले विश्वासको मत पाउन नसके उपधारा ३ बमोजिम प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका पाँच र राप्रपाका एक जना सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
