क्यानले बिहीबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समेटेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदान कीर्तिपुरमा नामिबिया र स्कटल्यान्डविरुद्ध हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली टोलीमा समेटेको छ।
क्यानले बिहीबार राति सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई पनि समेटेको हो।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो। उनीविरुद्ध भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै क्यानले उनलाई निलम्बन गरेको थियो।
उनी गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो।
तर, पुस २९ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो। गत हप्ता पोखरामा बसेको क्यान बोर्ड बैठकले उनलाई राष्ट्रिय टोलीमा बोलाउने र निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
उच्च अदालतले क्षेत्राधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएको छ।
उनीविरुद्धको बलात्कार अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा रहेको छ।
सन्दीपसँगै कुशल मल्ल, सन्दीप जोरा र भीम सार्कीले पुनरागमन गरेका छन् भने सूर्य तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा समेटिएका छन्।
नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित श्रृंखला फागुन २ देखि ९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग खेल्ने छ।
यस्तै, दोस्रो खेल ५ गते स्कटल्यान्ड, तेस्रो खेल ६ गते नामिबिया र अन्तिम खेल ९ गते स्कटल्यान्डसँग नेपालले खेल्ने छ।
नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्ने क्यानले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
