दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका अधिकांश स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बेलुकीपख र राति कर्णाली तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
