कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ। 

काठमाडौँ– हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशभरको मौसम सामान्यतया सफा रहेको छ।

तराईका केही स्थानमा मात्र हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली रही अन्य स्थानको मौसम सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को  पहाडी भागमा आंशिक बदलीको सम्भावना छ।

तत्काल हिमपात र वर्षा हुने मौसमी प्रणाली नरहेको महाशाखाको भनाइ छ।