मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपालको बराबरी, सावित्राको २ गोल

सन् २०२४ को पेरिस ओलम्पिकका लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।

काठमाडौँ– नेपाल र भारतले  पहिलो मैत्रीपूर्ण फुटबलमा २–२ को बराबरी खेलेका छन्। सावित्रा भण्डारीले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नेपालले रोमाञ्चक बराबरी खेलेको हो।

बुधबार राति चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा ९०औँ मिनेटमा सावित्राले पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन्। उनले अतिरिक्त समयको दोस्रो मिनेटमा दोस्रो गोल गरिन्। भारतले ५६औँ मिनेटमा सौम्याको गोलबाट अग्रता लिएको थियो। ६८औँ मिनेटमा कप्तान ईन्दुमति गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्। दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ।

गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो। सन् २०२४ को पेरिस ओलम्पिकका लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।