पश्चिमी वायुको प्रभाव : प्रदेश १ मा हिमपातको सम्भावना

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ।

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि दिउँसो हटेर घाम लाग्ने छ। दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ कै उच्च पहाडी तथा हिमाली भागमा अपराह्नपछि हिमपातको सम्भावना रहेको छ।

देशमा वर्षा गराउने मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ।