कस्तो छ शनिबारको मौसम?

दिउँसो प्रदेश १ मा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रदेश १ को पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १ मा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम सफा रहने छ।

देशको पहाडी भागमा राति पनि आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ।