नामिबियाका लागि जान ग्रीनले अविजित ७५ रन बनाए। ग्रीनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनायो। पहिले ब्याटिङ गरेको नामिबियाका लागि जान ग्रीनले अविजित ७५ रन बनाए। ग्रीनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे।
नामिबियाले अन्तिम १० ओभरमा ११५ रनको योगफल तयार पारेको थियो। पिक्की या फ्रान्सले ३९ बलमा ४ चौका र ३ छक्का हान्दै ४९ रन बनाए। लो हान्ड्रे लौरेन्सले ४१ र कार्ल विर्केन्स्टोकले २० रन बनाए। दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गरेका थिए।
माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिएका थिए। करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए। नामिबियाका दुई खेलाडी रनआउट भएका थिए।
नेपाल लगातार तेस्रो जितको खोजीमा छ। यसअघि नेपालले नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
