नेपालको जितमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले।
काठमाडौँ– आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७४ रनको लक्ष्य नेपालले तीन विकेट बाँकी छँदै पूरा गर्यो। नेपालले ४७.३ ओभर खेल्दै २७८ रन बनायो।
नेपालको जितमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले। आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १३९ रनको कीर्तिमानी साझेदारी गरे। यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी हो। यसअघि मंगलबार सम्पन्न नामिबियाविरुद्धको पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले १३३ रनको साझेदारी गरेका थिए।
९८ बलको सामना गरेका आशिफले ८ चौका र २ छक्का प्रहार गर्दै ८१ रन बनाए। त्यस्तै, ज्ञानेन्द्रले ७४ बलमा ६५ बलको योगदान दिए। उनले ३ छक्का र ५ चौका प्रहार गरे। कुशलले ४९ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६२ रन जोडे।
कप्तान रोहितकुमार पौडेलले ३४ बलको सामना गर्दै ३९ रनको योगदान दिए। उनले ५ चौका प्रहार गरे। सोमपाल कामी ८ रनमा नटआउट रहे। सन्दीप जोराले ३ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले र कुशल भुर्तेल भने १/१ रनमै आउट भए।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। नामिबियाका लागि जान ग्रिनले अर्धशतक बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७५ रनको योगदान दिए।
त्यस्तै, पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने करण केसीले एक विकेट लिए। यसअघि फागुन २ गते भएको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
