नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।
काठमाडौँ– नेपाल राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग गोलरहित बराबरी खेलेको छ। शनिबार भारतको चेन्नाइस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको दोस्रो खेलमा नेपाली टोलीले भारतसँग गोलरहित बराबरीमा रोकेको हो।
नेपाल भारतको आग्रहमा दुई मैत्रीपूर्ण खेल खेल्न चेन्नाइ पुगेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिन पुग्यो।
यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भारतीय टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो। नेपालले २ गोलको अग्रता उल्टाएर घरेलु टोली भारतसँग रोमाञ्चक बराबरी गरेको थियो।
नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। सावित्राले ९०औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन्। अतिरिक्त समयको दोस्रो मिनेटमा दोस्रो गोल गरेकी थिइन्।
भारतले ५६औँ मिनेटमा सौम्याको गोलबाट अग्रता लिएको थियो। ६८औँ मिनेटमा कप्तान ईन्दुमति गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्।
गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो। सन् २०२४ को पेरिस ओलम्पिकका लागि एशियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
