विश्वका १९ देशका चार हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनले नक्कली हाँसो हाँस्दा पनि स्वास्थका लागि लाभदायी हुने देखाएको छ।
तनाव या दुखका कारण मानिसको अनुहारबाट हाँसो र मुस्कान हराउने गर्छ। तर, हाँसेको नाटक गर्दा मात्रै पनि केही समयका लागि भित्रैबाट खुशी र आनन्दको अनुभव हुन्छ। केही दशकयता फेसियल फिडब्याक हाईपोथेसिसमा लामो समयदेखि विवाद थियो। हालै विश्वका १९ देशका ४ हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनबाट यो सही साबित भएको छ।
यस अध्ययनका लागि तीन समूह बनाइएको थियो। पहिलो समूहका मानिसलाई मुखमा कलम राखेर हाँसेजस्तो आकार बनाएर छालालाई तन्काउन भनिएको थियो। दोस्रो समूहमा नायक नायिकाजस्तो अभिनय गरी मुस्कुराउन भनिएको थियो। तेस्रो समूहलाई मुस्कुराएको नाटक गर्न भनिएको थियो। यस अभ्यासका क्रममा सबैलाई खाली स्क्रिन, फूल, पटका र अन्य फोटोहरू देखाइएको थियो।
फेसियल फिडब्याक प्रतिक्रियाको सिद्धान्तअनुसार अब हामी आफ्नो अनुहारको मांसपेशीलाई मुस्कुराउन सन्देश पठाउँछौँ त्यतिबेला मासंपेशी तन्किने गर्छ र एक प्रकारको हर्मोन उत्पन्न हुन्छ। यस हर्मोनले मष्तिस्कमा खुशीको सञ्चार गरिदिन्छ अनि हामी आफैमा खुशी हुन्छौँ।
अभ्यासका क्रममा पहिलो समूहमा थोरै कम र बाँकी दुई समूहमा खुशी बढी भएको पाइयो। यो अध्ययनको अवधि छोटो भएपनि यसले थेरापीको रुपमा काम गरेको वैज्ञानिकहरूको भनाई छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अध्ययनकर्ताहरूकोे अध्ययनले मुस्कुराउने भावना मनमा आउनेबित्तिकै अनुहारमा खुशी आउने कुरा प्रमाणित गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
