स्कट्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– आईसीसी विश्वकप लिग-२ को उपाधि विजेता स्कट्ल्यान्डले नामिबियालाई पराजित गरेको छ।
सोमबार सम्पन्न खेलमा स्कट्ल्यान्डले अंक तालिकाको तेस्रो स्थानमा रहेको नामिबियालाई ४३ रनले पराजित गरेको हो। स्कट्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।
नामिबियाका लो ह्यान्ड्रे लोरेन्सले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६७ बलमा ६ चौका प्रहार गरे। यस्तै, कप्तान गेर्हार्ड इरास्मसले ३८ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए। जोन ग्रिनले २५ रन बनाए। शान फौचे र रुबेन ट्रम्पलम्यानले १०/१० रन बनाए। नामिबियाका अन्य ब्याटरले भने राम्रो खेल प्रदर्शन गर्न सकेनन्।
स्कट्ल्यान्डका मार्क वाटले ४ विकेट लिए। ८.४ ओभर बलिङ गरेका उनले २ मेडनसहित ४१ रन खर्चिए। माइकल लीस्कले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चिएर ३ विकेट लिए।
ब्रान्डन म्याकुलमले २ र क्रिस ग्रेभ्ब्सले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ थालेको स्कट्ल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनायो। स्कट्ल्यान्डको क्रिस म्याकब्राइडले सर्वाधिक ४७ रन बनाए। ७५ बलमा ७ चौका प्रहार गरे।
थोमस म्याकिन्टोसले ४८ बलमा ४ चौकासहित ३४ रन बनाए। रिची बेरिंगटनले ५५ बलमा १ चौका र १ छक्कासहित ३२ रन बनाए।
नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ५ विकेट लिए। उनले ९.४ ओभर बलिङ गर्दै ३० रन खर्चिए। टांगेनी लुमामेनीले २ विकेट लिए।
जितसँगै शीर्ष स्थानमा रहेको स्कट्ल्यान्डले ३५ खेलबाट ५० अंक बनाएको छ। नामिबयाको ३४ खेलबाट ३७ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
