उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रदेश नं १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भागको मौसम दिउँसोसम्म नै बदली हुने छ।

प्रदेश १ मा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत छ। राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने छ।

प्रदेश १, गण्डकी र कर्णालीमा राति पनि हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।