आईसीसी यू–१९ विश्वकपका लागि यूएईमा हुने एशियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी देव खनालले गर्ने भएका छन्।
काठमाडौँ– आईसीसी यू–१९ विश्वकपका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी देव खनालले गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार राति टोलीको कप्तानी देवले गर्ने जानकारी दिएको हो।
गत माघ १७ गते पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तान बनाएको थियो। तर, गुलशनले यूएईमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको यूएई र पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिजमा सिनियर टोलीको प्रतिनिधित्व गर्ने क्यानले जनाएको छ। त्यसैले कप्तानी जिम्मेवारी देवलाई सुम्पिएको क्यानले बताएको छ।
नेपाल रहेको डिभिजन–१ मा यूएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।
उमेर समूहमा बलियो मानिने यू–१९ टोलीले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ। सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरण पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार छनोट हुँदै विश्वकप खेलेको थियो। तर, दोस्रो चरण पुग्न सकेन।
यता, सन् २०१२ मा पनि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा एशियाली छनोट पार गर्न नसकेको नेपाल सन् २०१६ मा भने टमाटाकै प्रशिक्षणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
