कस्तो छ आजको मौसम?

प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भइरहेको छ। बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ को पहाडी भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।

यस्तै प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातसमेत हुनसक्ने महाशाखाको अनुमान छ। राति गण्डकी प्रदेशमा हल्का हिमपात तथा प्रदेश १ मा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ।