पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

प्रदेश १ र गण्डकीमा आंशिक बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

प्रदेश १ सहित पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो भने प्रदेश १ र गण्डकीमा आंशिक बदली भई छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ। राति प्रदेश १, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाले जनाएको छ।