नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकमा नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको हो।
नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।
सिंगापुरका आर्यन मोदीले अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन्। मध्यक्रमका मोदीले १०० बलमा २ छक्कासहित सर्वाधिक ५८ रन बनाए।
यता, सिद्धान्त श्रीकान्तले ८० बलमा १ छक्का र १ चौकासहित ४४ रनको इनिङ्स खेले।
मोदी र सिद्धान्तले पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। उनीहरूबाहेक ओपनर अर्जुन नागपाल र अभ्युदय छाझरले १४/१४ रन बनाए।
नेपालका सुवास भण्डारी र हेमन्त धामीले २/२ विकेट लिए। विशालविक्रम केसीको नाममा १ विकेट रह्यो।
त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को आजमानस्थित इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेकव नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो।
नेपालका आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेले। नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान बनाए पनि गुलशन झा सिनियर टोलीसँगै रहने भएपछि उनको स्थानमा आकाशलाई यूएई पठाइएको थियो।
गुलशनले यूएईमै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली र पपुवा न्यु गिनीविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने छन्।
आकाशले १०० बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनले ओपनर अर्जुन कुमालसँग दोस्रो विकेटको लागि ९३ रनको अर्धशतकीय साझेदारी गरेका थिए। अर्जुन ६७ बलमा ३ छक्कासहित ३७ रन बनाएर २७औँ ओभरको पहिलो बलमा बोल्ड भए।
विशालविक्रम केसीले ६३ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। उनले ५४ बलमा ४ छक्का र २ चौका प्रहार गरे। कप्तान देव खनाल २१, दीपक बोहोरा १७ रनमा आउट भए।
सिंगापुरका अभ्युदय छाझर र आर्यवीर चौधरीले २/२ विकेट लिए। महियु भाटिया र अद्वित्य भार्गवको नाममा १/१ विकेट रह्यो।
नेपाल रहेको डिभिजन–१ मा यूएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। जितसँगै नेपालले २ अंक जोडेको छ। नेपालले शानिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ। नेपालले १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।
उमेर समूहमा बलियो मानिने यू–१९ टोलीले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ। सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरण पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार छनोट हुँदै विश्वकप खेलेको थियो। तर, दोस्रो चरण पुग्न सकेन।
यता, सन् २०१२ मा पनि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा एशियाली छनोट पार गर्न नसकेको नेपाल सन् २०१६ मा भने टमाटाकै प्रशिक्षणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
