नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ। शनिबार यूएईको मालेक क्रिकेट मैदानमा नेपालले कुवेतलाई १०० रनमा समेट्दै लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।
कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए। यासुफ सिद्धिकले १९ र अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि आकाश चन्दले सर्वाधिक ६ विकेट लिए भने हेमन्त धामी र दीपेश कँडेलको नाममा २–२ विकेट रह्यो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो। नेपालका लागि अर्जुन कुमाल र देव खनालले शतकको इनिङ्स खेले। १०८ रन बनाएर आउट भएका कुमालले ११२ बलमा १२ चौका प्रहार गरे। त्यस्तै, ११७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्काको सहयोगमा १२५ रन बनाएर आउट भए। विशालविक्रम केसीले २३ र दीपक बोहराले १९ रनको योगदान दिए।
कुवेतका आर्स साहिल काज्मी र हेनरी थोमसले २/२ विकेट लिएर। हाइबेर अली र जय महेशकुमार मेहेताको नाममा १/१ विकेट रह्यो।शुक्रबार सम्पन्न पहिलो खेलमा आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकको सहयोगमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।
नेपाल रहेको डिभिजन–१ मा यूएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले अब १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
