हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै १२६ रन बनायो।
काठमाडौँ– आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै १२६ रन बनायो।
नेपालका ओपनर आकाश त्रिपाठीले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यता, उत्तम थापा मगरले ५० बलमा ४ चौकासहित ३९ रन बनाए।
उनीहरूले ९८ रनको साझेदारी गरेका थिए। ओपनर अर्जुन कुमाल भने १६ रनमै क्याच आउट हुन पुगेका थिए। हङकङका डेनियल मोर्गनले १ विकेट लिए।
त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को आजमानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो।
हङकङका लागि पर्थ भागवातले सर्वाधिक ३६ रन बनाए। उनले ९३ बलमा ४ चौका प्रहार गरे। मोहम्मद जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए।
यता, अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै ३ मेडनसहित ३७ रन खर्चिए। आकाश चन्द र सुवास भन्डारीले समान २/२ विकेट लिए। दीपेश कँडेलको नाममा १ विकेट रह्यो।
नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा शनिबार कुवेतलाई २४३ रनले पराजित गरेको थियो।
अब नेपालले मंगलबार मलेसियासँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
