क्यानले सन्दीप लामिछानेलाई आईसीसी लिग-२ खेल्न यूएई पठाउने प्रक्रिया अघि बढाएको छ।
काठमाडौँ- सर्वोच्च अदालतले लेग स्पिनर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने प्रक्रिया अघि बढाएको छ।
नेपाली टोलीले यूएईमा आईसीसी लिग-२ अन्तर्गत घरेलु टोली र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक ओडीआई सिरिज खेलिरहेको छ।
तर, नाबालिग बलात्कारको अभियोग खेपिरहेका सन्दीपलाई उच्च अदालत, पाटनले गत पुस २९ गते २० लाख धरौटीमा रिहा गर्दा विदेश जान नपाउने सर्त राखेपछि उनी नेपालमै छुटेका थिए। उनको स्थानमा क्यानले अर्का लेग स्पिनर मौसम ढकाललाई टोलीमा समावेश गरेको थियो।
तर, सर्वोच्चले विदेश जान नरोक्नु भनेसँगै सन्दीपलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जनाकारी दिए। "विदेश जान रोक लगाएका कारण टोलीमा समावेश गरिएको थिएन। तर, सर्वोच्चले विदेश जान दिने निर्णय गरेसँगै उनलाई कसरी पठाउने भन्नेबारे हामी छलफल गरिरहेका छौँ। भिसा आए र प्रक्रिया मिले उनलाई पठाउन सकिन्छ," पाठकले उकालोसँग भने।
आइतबारदेखि सुर्खेतमा शुरू भएको क्यानको वार्षिक साधारण सभामा पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो विश्वस्तरीय खेलाडीलाई यूएई लैजानैपर्ने आवश्यकता रहेको बताएका थिए। तर, उनले कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै क्यानले सन्दीपलाई यूएई लैजाने तयारी थाल्ने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
