दबारमार्ग विकास बोर्ड सचिव उद्धव ढकाल पार्किङ हटाउँदा दरबारमार्गको व्यापार ६० प्रतिशतले घटेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको बताउँछन्।
काठमाडौँ– काठमाडौँको दरबारमार्ग क्षेत्रका व्यवसायीले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन्। सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीले आफ्ना पसल बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन्।
दरबारमार्ग क्षेत्रमा लामो समयदेखि एकतर्फी रूपमा पार्किङ हुँदै आएको थियो। सो क्षेत्रमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि व्यवसायीहरूले असन्तुष्टि जनाएका हुन्।
दबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गमा व्यापार ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए।

उनले दरबारमार्गका व्यवसायीले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौँलाई रोजगारी दिए पनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशायी बनेको गुनासो गरे।
व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको उल्लेख गर्दै महानगरले विकास बोर्डलाई खबर नै नगरी अचानक पार्किङ बन्द गर्दा आफूहरू अप्ठ्यारोमा परेको बताए।
महानगरले ट्राफिक प्रहरीसँग मिलेर पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ। आफूहरूले वार्ताका लागि आह्वान गर्दा पनि महानगरले बेवास्ता गरेको व्यवसायीको गुनासो छ।
दबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने व्यवसायीको माग छ। उनीहरूले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन्
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
