बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर, वैज्ञानिकले जलवायु परिवर्तनले अझ तीव्र र बारम्बारको खतरा बनाउँदै गएको बताएका छन्।

तस्वीर : एपी

बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ।

आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए। यसपछि सो आँधीबाट ज्यान जानेको संख्या २८ पुगेको बताइएको छ।

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर, वैज्ञानिकले जलवायु परिवर्तनले अझ तीव्र र बारम्बारको खतरा बनाउँदै गएको बताएका छन्।

सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो।

अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए।

सो आँधीको गति ८० किलोमिटर (५५ माइल) प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसंख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ।