पहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

जसका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातसमेत हुने महाशाखाको अनुमान छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली हुने छ। ती तीन वटा प्रदेशमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

मेघ गर्जन र वर्षासहित हिमपात हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।