कस्तो छ आजको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ।

यस्तै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मेघ गर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।