आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआईमा यूएईले नेपाललाई २०८ रन लक्ष्य प्रस्तुत गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा यूएईले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।
यूएईका लागि आसिफ खान र रोहन मुस्ताफाले अर्धशकीय इनिङ्स खेले। ९९ बलमा ७२ रन जोडेका खानले ५ चौक र ३ छक्का प्रहार गरे। मुस्ताफाले ७६ बलको सामना गर्दा २ चौका प्रहार गरे। आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८ रन बनाएर आउट भए।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएर १० ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिए। करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
