यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ। यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो।
नेपालका कुशल मल्लले ६० अर्धशतकीय इनिङ्स खेले। उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। तल्लो क्रमका सन्दीप लामिछानेले २४ बलमा ४ चौकासहित २६ रन बनाए। यस्तै, ओपनर आशिफ शेख १७ रनमा आउट भए।
यूएईका रोहन मुस्तफा र कार्तिक मयप्पनले ३ ३ विकेट लिए। जुनेद सिद्दकीले २ र जाहूर खानले १ विकेट लिए।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा यूएईले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो।
यूएईका लागि आसिफ खान र रोहन मुस्ताफाले अर्धशकीय इनिङ्स खेले। ९९ बलमा ७२ रन जोडेका खानले ५ चौक र ३ छक्का प्रहार गरे। मुस्ताफाले ७६ बलको सामना गर्दा २ चौका प्रहार गरे। आर्यन लार्का २८ रन, सीपी रिजवान २२ रन, वृत्य अरविन्द १८ रन बनाएर आउट भए।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएर १० ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिए। करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
