कस्तो छ शनिबारकाे मौसम?

दिउँसो देशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

काठमाडौँ– पश्चिमी वायुको सामान्य प्रभावले काेशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

अन्य स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भागमा सामान्य बदली हुने छ। जसका कारण मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

साथै उच्च  पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको छ।

केही स्थानमा चट्याङसहित वर्षा र हिमपात हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।