सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए।
विभिन्न देशमा बर्ड फ्लुले महामारीको रूप लिनसक्ने समाचार आइरहेका छन्। पंक्षीबाट सरेर जंगली र घरपालुवा जनावरसहित मानिसमा सर्ने जोखिम बढेकोप्रति धेरैको चासो छ।
यसलाई फैलन नदिन के गर्ने भन्नेबारे पनि चर्चा हुन थालेको छ। गत साता कम्बोडियामा एवियन इन्फ्लुएन्जाको संक्रमणबाट ११ वर्षकी बालिकाको मृत्यु भयो। यसै वर्षको शुरूआतमा एक सामूहिक पशुपालन केन्द्रबाट सरेर स्तनधारीहरूमा संक्रमण हुँदै बर्ड फ्लु फैलिएको बताइएको थियो।
यस्तै पेरुमा ठूलो संख्यामा पंक्षी र सामुद्रिक सिंहको मृत्यु भएका खबर बाहिरिएका थिए। सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए। यदि यसरी नै हरेक देशमा फ्लु बढेमा कसरी रोक्न सकिन्छ त? यसमा चिकित्सकहरू भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा पोल्ट्री फार्मको सुरक्षा नै हो।” बर्ड फ्लु फैलने प्रमुख स्थान भनेकै पोल्ट्री फर्म हुन्।
फार्महरूमा संक्रमण फैलिँदा खाद्य सुरक्षामा चुनौती बढ्छ। त्यहाँबाट किसानमा सर्ने जोखिम उच्च हुन्छ। दशकौँदेखि किसानले यस्ता संक्रमित पंक्षी र जनावरलाई मारेर महामारी फैलनबाट रोकिरहेका छन्। तर अहिले हरेक महिना दर्जनौँ फार्ममा एकै पटक संक्रमण फैलने गरेको र यो क्रम नरोकिएको बेलायती पत्रिका ‘नेचर’ले उल्लेख गरेको छ।
चीनसहित केही मुलुकले पोल्ट्री पंक्षीलाई खोप दिएर बर्ड फ्लुलाई फैलनबाट सीमित गरिरहेका छन्। तर, विद्यमान खोप पनि चरामा संक्रमण देखाउने कारण बनिरहेका छन्। यो भनेको किसानले आफ्ना पोल्ट्री पंक्षीहरू ‘एचफाईभएनवान’ भाइरसबाट सुरक्षित छन् भन्ने ग्यारेन्टी दिन सक्दैन।
यो समस्या समाधानका गर्न थप उन्नत र प्रभावकारी खोप विकासका लागि वैज्ञानिकहरू लागि परेका छन्। तर, बर्ड फ्लुको जोखिम बढ्दो छ। त्यसैले पोल्ट्रीसहित जंगली जनावरको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्छ। इथेन्सको जर्जिया विश्वविद्यालयका इपिडिमियोलोजिस्ट डेभिड स्टलनेच भन्छन्, “जंगलका हरेक पंक्षीलाई खोप लगाउनु जटिल र महँगो कुरा हो। यसका लागि संक्रमणपछि पंक्षीमै प्रतिरोधी क्षमता विकास हुनुपर्छ, यस प्रक्रियाका क्रममा धेरै पंक्षी मर्ने छन्।”
यदि खोप नै लगाउने हो भने पनि संकटापन्न र विशेष प्रजातिमा केन्द्रित हुने रणनीति अवलम्बन गर्नुपर्छ। यस्तै, बर्ड फ्लुले लामो समयसम्म मानिसमा प्रभाव पार्नसक्ने स्टलनेचको भनाइ छ। मानवीय महामारी नियन्त्रणको कुरा झनै महत्त्वपूर्ण छ। यदि बर्ड फ्लु मानिसमा फैलिएमा यसको निवारणका लागि कैयौँ उपाय छन्। जस्तै, एवियन फ्लुविरुद्धका खोप जुन मानिसमा प्रयोगका लागि प्रमाणित भइसकेका छन्। विश्व स्वास्थ्य संगठनले यी खोपलाई निगरानी गरी अपडेट पनि गर्छ।
अमेरिकाको बायोमेडिकल एड्भान्स रिसर्च एन्ड डिभेलपमेन्ट अथोरिटीसँग खोपको ठूलो भण्डारण छ। तर, विश्वले नै खोप आपूर्ति कम छ। भर्खरै कोभिड १९ को महामारीपछि तंग्रिँदै गरेको विश्वमा पुनः अर्को महामारीको जोखिम बढेको छ। अहिले बर्ड फ्लुको संक्रमणबाट मानिसको मृत्यु हुने दर ५० प्रतिशत छ। खोप विकाससँगै यो कम हुँदै जाने अपेक्षा पनि छ।
कोभिडपछि उपलब्ध भएका संसाधनका कारण पनि यसले महामारी कै रूप लिने सम्भावना कम भएको इपिडिमियोलोजिस्ट डेभिड स्टलनेच बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
