लिग– २ : पपुवा न्युगिनीसँग यूएई ५ विकेटले पराजित

यूएईले दिएको ९८ रनको लक्ष्य पपुवा न्युगिनीले १३९ बल बाँकी छँदै २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीले घरेलु टोली यूएईलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईलाई ५ विकेटले पराजित गरेको हो। यूएईले दिएको ९८ रनको लक्ष्य पपुवा न्युगिनीले १३९ बल बाँकी छँदै २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

पपुवा न्युगिनीका ओपनर टोनी उराले अविजित रहँदै ३५ रन बनाए। उनले ६३ बलमा ३ चौका प्रहार गरे।

सेसे बाउले ३३ बलमा १ चौकासहित १८ रन बनाए। उनीहरूबीच दोस्रो विकेटका लागि ४४ रनको साझेदारी भएको थियो। बाउ ११ ओभरको पहिलो बलमा रोहन मुस्तफाको बलमा बोल्ड भए।

हिरी हिरीले २३ बलमा २ चौकासहित १४ रन बनाए। चार्ड सोपर ८ रनमा अविजित रहे।

यूएईका रोहन मुस्तफाले सर्वाधिक २ विकेट लिए। जुनैद सिद्दिकी  र आयान खानको नाममा १/१ विकेट रह्यो।

त्यसअघि दुबई क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको यूएईले २४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

यूएईका वृत्या अरविन्दले सर्वाधिक २६ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरे। ओपनर वासिम मोहम्मदले १९, आसिफ खानले ११ र सिपी रिजवनले १० रन जोडे। यूएईका ४ ब्याटरले खाता खोल्न सकेनन् भने जहुर खान र जुनैद सिद्दिकीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पपुवा न्युगिनीका रिले हेकुरेले सर्वाधिक ५ विकेट लिए। चार्ड सोपर ३ र चार्ल्स अमिनीको नाममा १ विकेट रह्यो। जितसँगै पुच्छारमा रहेको पपुवा न्युगिनीले ३२ खेलबाट ४ जित, २७ हार, १ बराबरीसहित ९ अंक जोडेको छ।

पराजित यूएईको ३१ खेलबाट १४ जित, १३ हारसहित ३१ अंक छ। यूएई अंक तालिकामा पाँचौँ स्थानमा छ।