कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।

मेघ गर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।