एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरिएको छ।
काठमाडौँ- देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमति पत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरेको छ।
कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले सेवाग्राही लाममा हुने गरेकाले भिडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा शुरू गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।
बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।’
बिहानदेखि सेवा शुरू गर्न अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए। सेवाग्राहीलाई बुझाउन नसकिएको भन्दै उनले १० बजेसम्म दुई सय जना लाममा बस्ने गरेको बताए। प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।’
कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको, जाममा परेको वा तुरुन्त अनुमति पत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई सेवा दिने गरिएको छ।’
कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना कर्मचारी रहेकामा र करारबाट २२ जना थपिएका छन्। कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए। सेवाग्राहीको भिडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ। उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।’
यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भिडभाड बढी हुने कार्यालयका रूपमा रहेको छ। पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ। कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली शुरू गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
